अरुण पूर्र्वका नौ जिल्ला बन्द
काठमाडौं,२७ मंसिर। एक नम्बर प्रदेश नटुक्रयाउन माग गर्दै संघीय लिम्बुवान पार्र्टी नेपालले आब्हान गरेको बन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ । विवादित झापा मोरङ र सुनसरीलाई नटुक्र्याई अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश घोषणाको माग गर्दै अनिश्चितकालिन बन्दको आब्हान गरेको सो पार्टीले जनाएको छ । बन्दका कारण बिहानैबाट सो क्षेत्रका सवारी साधनहरु ठप्प रहेका छन् ।
सो पार्र्टीले ती जिल्लामा चल्ने सवारी साधनहरुमा लिम्बुबान राज्य लेख्ने अभियान पनि आजैबाट सुरु गर्ने संघीय लिम्बुवान पार्र्टी नेपालका सचिब टेक बहादुर खजुमले बताउनुभयो । यद्यपी बजार कलकारखाना तथा शैक्षिक संस्थाहरु भने बन्द नगरेको खजुमले बताउनुभयो । तर बन्दको हल्लाका कारण बिहानी सत्रमा पठन पाठन हुने बिद्यालय क्यापस तथा बजार पनि बन्द भएका छन् । सो पार्टीले अरुण्पूर्वका झापा, मोरङ, सुनसरी, ईलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा , संखुवासभा र तेह्रथुमलाई लिम्बुवान राज्यको माग गर्दै आएको छ ।