आगलागी हुँंदा तीन लाख ५० हजारको क्षति
विराटनगर, २५ मंसिर । मोरङको डाँगीहाट ६ राजवंशी चौकका शंकर पाण्डेको घरमा गएराति आगलागी हुँदा तीन लाख ५० हजार बराबरको क्षति भएको छ । प्रहरीकाअनुसार पाण्डेको एक तले पक्की घरमा अचानक भएको आगलागीमा परेर घरमा रहेका अन्नपात, लत्ताकपडा, काठ समेत जलेर नष्ट भएको छ । आगो स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका छन् । घटनामा कुनैपनि मानवीय र चौपाय क्षति नभएको प्रहरीले जनाएको छ ।