Live Streaming

विद्रोहीको आक्रमण परी ४६को मृत्यु

काठमाडौं,२४ मंसिर । अफगानिस्तानको कान्दाहारस्थित बिमान स्थलमा तालेवान विद्रोहिले गरेको आक्रमणमा मृत्यु हुनेहरुको संख्या ४६ पुगेको छ । आक्रमण पछि तालेवान विद्रोहीले केही व्यक्तिलाई बन्धक समेत बनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । नेटो सैनिकको मुख्यालय नजिकको बिमानस्थलमा गरिएको सो आक्रमणमा नेटो आवद्ध सेना भने नपरेको अधिकारीहरुले जनाएका छन् ।

तालेबान बिद्रोहीले एक वेबसाईटमा सो घटनाको जिम्मेबारी लिंदै घरेलु र विदेशी सेनालाई चुनौती दिन सो आक्रमण गरेको बताएको छ । बिमानस्थलमा अझै पनि केही बिद्रोही रहेको त्यहाँको सेनाले जनाएको छ । अहिले सो बिमानस्थल सेनाले आफ्नो नियन्त्रणमा राखेको जनाएको छ । सो बिमानस्थलबाट हुने सबै उडान र अवतरण भने बन्द गरिएको छ ।