मधेशी मोर्चाका नेताहरु दिल्ली जाँंदै
काठमाडौं,२० मंसिर । आन्दोलनरत मधेशी मोर्चाका शीर्ष नेताहरु मधेश आन्दोलन र मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतीय राजनीतिक नेतृत्वसँंग छलफल गर्न नयाँं दिल्ली गएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुर आज बिहान नयाँं दिल्लीका लागि उड्नुभएको हो भने सद्भावना अध्यक्ष उपेन्द्र यादव र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव पटना हुँदै हिजो नै दिल्ली पुगिसक्नुभएको छ ।
मोर्चाका नेताहरुको आग्रहमा भारतीय विदेश मन्त्रालयले दिल्ली भ्रमणको निम्तो दिएको हो । प्रमुख दलहरुले संविधान संसोधनलगायतका विषय समेटेर तय गरेको साझा प्रस्तावप्रति भारत सरकार सकारात्मक रहेको सार्वजनिक भएपछि सशंकित बनेको मोर्चाका नेताहरु मधेश आन्दोलनप्रति भारतीय समर्थन बचाई राख्ने प्रयासमा छलफलका लागि नयाँं दिल्ली गएका हुन् । सरकार र मुख्य दलहरुसँंंगको वार्तामा सहमती जुट्न नसकिरहेको सन्दर्भमा मधेशी दलका शीर्ष नेताहरु दिल्ली दौडाहामा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
मोर्चाका नेताहरुले विदेश मन्त्री सुष्मा स्वराज र विपक्षी कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धिसँंग आजै भेटवार्ता कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँंंग भने भेट निश्चित भइसकेको छैन । भारतको निम्तोमा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र संघीय समाजवादी फोरमका उपमहासचिव अभिशेकप्रताप साह पनि यसअघि नै दिल्ली पुगिसक्नुभएको छ । उहाँहरुले विदेशमन्त्री स्वराजसँंग हिजो भेटवार्ता गर्नुभएको बताइएको छ ।