Live Streaming

सूचना तथा संचार प्रविधिमा नेपाल १ सय ३६ औ स्थानमा

काठमाडौं,१८ मंसिर । विश्वभरका राष्ट्रहरुको सूचना तथा सञ्चार प्रविधि डेभलेपमेन्ट इन्डेक्समा नेपाल १ सय ३६ औ स्थानमा उक्लिएको छ । नेपालमा पछिल्लो समय विकसित सूचना प्रविधि र सञ्चारको विस्तारले नेपाल सो इन्डेक्समा माथि उक्लिएको आइटियु ले जनाएको  छ ।

त्यस्तै एसिया प्रशान्त क्षेत्रमा भने नेपाल भारतभन्दा एक स्थान पछाडि २६ औ स्थानमा रहेको छ । एसिया प्रशान्त क्षेत्रको सबैभन्दा माथि श्रीलका पहिलो स्थानमा छ । श्रीलंकाको विश्व इन्डेक्स भने  १ सय १५ औ रहेको छ  । अफगानिस्तान भने एसिया प्रशान्त क्षेत्रको पुछार अर्थात ३२ औ स्थानमा रहेको छ । उ विश्व इन्डेक्सको १ सय ५६ औ स्थानमा यथावत रहेको हो ।