Live Streaming

​नशालु पदार्थ खुवाई नेपाली युवक लुटिए

कञ्चनपुर, १८ मङ्सिर । सीमावर्ती भारतीय बजार वनवसामा एक नेपाली युवकलाई नशालु पदार्थ खुवाएर गएराति लुटिएको छ । भारतको सिमालाबाट मजदुरी गरेर घर फर्कंदै गरेका सल्यानका १८ वर्षीय राजबहादुर बुढाथोकीलाई चियामा नशालु पदार्थ खुवाएर लुटेराले लुटेका हुन् । भारतको हरिद्वार बसपार्कमा भेटिएका दुई नेपाली भाषी युवकले बुढाथोकीलाई आफूहरुसमेत नेपाली भएको भन्दै चिया खान लगाएका थिए ।

 चियामा नसालु पदार्थ मिसाई खुवाएपछि बेहोस भएका बुढाथोकीसँग रहेको रु ७२ हजार, दुई सेट मोबाइल र लत्ताकपडालगायतका सामान लुटेराले लुटेर लगेको सहारा समूह नेपालका राजबहादुर चौधरीले बताउनुभयो । अचेत अवस्थामा भीमदत्तनगरपालिकाको जिमुवामा भेटिएका युवकलाई स्थानीयवासी रमेश दमार्इंले गड्डा चौकीमा रहेको ‘सहारा समूह’ नेपालको सम्पर्कमा पु¥याएका थिए । सहारा समूहले पीडित युवालाई रु १५० खाजा खर्च र रु ९०० बस भाडा उपलब्ध गराई आज घरतर्फ पठाएको छ । रासस