आई एस बिरुद्धको कारबाहि लम्बिन सक्नेः क्यामरुन
काठमाडौं, १८ मंसिर ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले सिरियामा ईस्लामिक स्टेट आई एस बिरुद्ध थालिएको कारबाही लम्बिन सक्ने बताउनुभएको छ । बेलायतले सिरियामा आईएस बिरुद्ध कारबाही सुरु गरे लगत्तै बेलायती प्रधानमन्त्री क्यामरुनको यस्तो प्रतिक्रिया आएको हो । उहाँले आईएस लडाकुको प्रभाब घटाई सिरियामा रहेका तेल प्रशोधन केन्द्रहरु सरकारी स्वामित्बमा ल्याउन बेलायती सेनाले बिशेष अभियान चलाउने समेत बताउनुभयो । उहाँले आईएसलाई निकट भबिश्यमै परास्त गर्न सकिने भन्दै धर्य गर्न आग्रह समेत गर्नुभयो । बुधबार बेलायती संसदले सिरियामा ईस्लामिक स्टेट आईएस बिरुद्ध सेना परिचालन गर्ने प्रस्ताब पारित गरेपछि हिजैबाट बेलायती सेनाले कारबाही सुरु गरेका छन् । उनीहरुले गठबन्धन सेनासंग मिलेर आईएस बिरुद्धको कारबाहीलाई तिब्र पार्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रुस, अमेरिका ,फ्रान्स र टर्किले पनि सिरियामा ईस्लामिक स्टेट आईएस बिरुद्ध आक्रमण गरिरहेका छन् ।