जोगवनी नाकाबाट ३९ ट्याङ्कर इन्धन भित्रियो
मोरङ,१८ मंसिर । भारतको जोगवनी हुँदै बिहीबार बेलुकासम्ममा ३९ ट्याङ्कर इन्धन नेपाल भित्रिएको छ। विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार बिहीबार बिहानदेखि रातिसम्ममा २७ ट्याङ्कर डिजेल, १२ ट्याङ्कर पेट्रोल भित्रिएको छ। विभिन्न औद्योगिक कच्चा पदार्थ बोकेका १४९ मालबाहक सवारी साधन भित्रिएको जानकारी उनले दिए।