रिक्त पद नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दै
काठमाडौं, १८ मंसिर ।
निर्वाचन आयोगमा रिक्त प्रमुख आयुक्त सहितका पदाधिकारी नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक दिउसो २ बजे सिंहदरवारमा बस्ने बताइएको छ । परिषद्को यसअघिको बैठकले नै नियुक्ति सिफारिस गर्ने तयारी भएकोमा प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका सभापति सुशील कोइराला अनुपस्थित भएपछि बैठक निर्णयविहिन भएको थियो । निर्वाचन आयोगमा प्रमुख आयुक्त र २ जना आयुक्तको पद रिक्त छ । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती तथा आयुक्तहरु दोलखबहादुर गुरुङ्ग र रामभक्त पि बी ठाकुरले उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि ती पद रिक्त भएका हुन् ।