भ्रमण फलदायी, केही दिनमा नतिजा देखिने
काठमाडौं,१७ मंसिर । उपप्रधान एवं पराराष्ट्र मन्त्री कमल थापाले भारतीय विदेशमन्त्री शुष्मा स्वराज लगायत नेताहरुसँंंग भएको भेटवार्ता उपलव्धी मुलक रहेको बताउनु भएको छ । भ्रमण उपलव्धी मुलक रहेको र केही दिनमा परिणाम देखिने उहाँको दावी थियो । तीन दिने अनौपचारिक भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्त्राष्टिय विमानस्थलमा पत्रकारहरुसंग कुरागर्दै मन्त्री थापाले सबैपक्षसंग भएका छलफल सकारात्मक रहेको बताउनु भएको हो ।
नयाँ दिल्लीमा रहँंदा मन्त्री थापाले भारतीय गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री स्वराज र प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोबलसंग पनि नेपाल भारतबीच पछिल्लो समयमा देखीको असहज अबस्थाको बिषयमा छलफल भएको थियो । विदेशमन्त्री सिंह संगको भेटवार्ता सकारात्मक भएको उहाँका सहयोगीहरुले बताएका छन् । एक भारतीय पत्रिकालाई दिएको अन्तरवार्तामा मन्त्री थापाले मधेशी मोर्चासंँंग अनौपचारिक विषयमा सहमति नजिक पुगिएको उल्लेख गर्नुभएको छ ।
आध्यात्मीक गुरु श्री रवीशंकरको निम्तोमा उपप्रधानमन्त्री थापाले मंगलबार भारतको बैंलोर जानु भएको थियो । यसैबीच, प्रधानमन्त्री केपी ओली र भारतीय विदेशमन्त्री स्वराजबीच आज टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा नेपालमाथी भारतीय नाकाबन्दी, मधेश आन्दोलनको समाधान लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दियो ।