वीरगञ्ज नाका तनावग्रस्त,पाँंच जना घाइते
वीरगन्ज,१७ मंसिर वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा धर्नामा बसेका मधेशी मोर्चाका कार्यकर्ता र सिमावर्ती रक्सौलका भारतीयहरुबीच आज बिहान झडप भएको छ । झडपमा मोर्चाका ३ कार्यकर्ता र २ जना भारतीय सामान्य घाइते भएको सहकर्मी क्रान्ति साहले जनाएका छन् । धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई रक्सौलको अहिरवा टोलका बासिन्दाले हिजो आक्रमण गर्दा मोर्चाका ५ जना घाइते भएका थिए ।
ती मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै, नेपालगञ्जको रुपैडिया नाकामा पनि आन्दोलनरत मधेशी मोर्चाले धर्ना नछोडेपछि तनावको स्थिती सृजना भएको छ । मोर्चाका कार्यकर्ताले हिजो सिमापारी भारतीय भुमीमा गएर प्रहरीमाथि आक्रमण गरेपछि दिनभरजसो दोहोरो झडप भएको थियो । सम्भावित अप्रिय घटना हुन नदिन सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको नेपालगञ्ज सहकर्मी स्ुरेन्द्र काफ्लेले जनाएका छन् ।