सरकारी कामकाजमा विद्युतीय हस्ताक्षर
काठमाडौं,१७ मंरि । सरकारले आजदेखि सरकारी कामकाजमा विद्युतीय हस्ताक्षर सञ्चालनमा ल्याएको छ । राष्ट्रपति भवन सितल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतीय हस्ताक्षरको सुभारम्भ गर्नुभएको हो । सो क्रममा राष्ट्रपति भण्डारीले विद्युतीय हस्ताक्षरलाइ देशव्यापी बनाउन सुझाव दिनुभयो ।
सूचना प्रविधिको क्षेत्रमा विद्युतीय हस्ताक्षर प्रविधि शुभारम्भ हुनु नयाँ आयाम भएको भन्दै भण्डारीले प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । विद्युतीय हस्ताक्षर सुभारम्भका लागि आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय हस्ताक्षरले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सरकारी कामकाजका लागि विद्युतीय हस्ताक्षर सुभारम्भ भएसँगै अबदेखि विद्युतीय कारोबार ऐनअनुसार कम्प्युटरबाट हुने सबै काम कारबाही विद्युतीय हस्ताक्षरका माध्यमबाट हुनेछ । विद्युतीय हस्ताक्षर अनुसार काम गर्दा आईपर्ने समस्या समाधानका लागि विद्युतीय कारोबार ऐन, २०६३ र विद्युतीय कारोबार नियमावली २०६४ लागू गरिएको छ ।