जमुनाहा नाकाबाट नेपाली सुरक्षाकर्मीमाथि एक दर्जन पेट्रोल बम प्रहार
काठमाडौं,१७ नेपालगन्ज–जमुनाहा नाकामा धर्ना बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुले नेपाल प्रहरीमाथि भारतीय भूमिबाट पेट्रोल बम प्रहार गरेका छन् । आज दिउँसो भएको झडपका क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को आडमा एक दर्जन बढी पेट्रोल बम प्रहरीमाथि हानेका हुन् । मोर्चाका कार्यकर्ताहरुले एउटा मोटरसाइकलमा आगजनी गर्न खोजेपछि सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको हो । नाकामा मधेसी मोर्चाका कार्यकर्ता धर्ना बसेपछि यो नाकाबाट पेट्रोलियम ट्यांकरसहितका मालवाहक गाडी नेपाल छिर्न सकेका छैनन् ।
नाकाको अवरोध हटाउन गएका सुरक्षाकर्मीलाई मोर्चाका कार्यकर्ताले दसगजाबाट भारतीय भूमिमा पसेर पेट्रोल बम, ढुंगा र इँटा हानेपछि नेपालगन्ज–जमुनाहा नाका तनावग्रस्त भएको हो । त्यस्तै मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा नेपालगन्ज– रुपेडिया नाका पनि तानवग्रस्त रह्याो। मोर्चाका कार्याकर्ताले भारतीय भूमिबाट प्रहरीमाथि एक दर्जनबढी पेट्रोल बम प्रहार गरेका थिए । आन्दोलनकारीले भारतीय भूमिमबाट ढुङगा र इँटा प्रहार गर्दा प्रहरी नायव उपरीक्षक भिम किरण बोगटी घाइते भएका छन ।
प्रहरी र आन्दोलनकारी दुवैतर्फ १२ जना बढी घाइते भएका छन् । भारतीय भूमिबाट लगातार पेट्रोल बम र ढुङ्गा प्रहार गरेपछि हतियारसहित निस्केका भारतीय सुरक्षा बल एसएसबी र भारतीय प्रहरीले भारतीय भूमिबाट आन्दोलनकारीलाई हटाएका थिए ।