विश्व जलवायु शिखर सम्मेलन आज
काठमाडौं,१४ मंसिर । जलवायु परिवर्तनसम्वन्धी शिखर सम्मेलन फ्रान्सको राजधानी पेरिसमा आज सुरु हुदैछ । विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर रोक्न पेरिस सम्मेलनबाट ठोस प्रस्ताब आउने अपेक्षा गरिएको छ । ५० राष्ट्रका प्रतिनिधि सहभागि हुने सो सम्मेलनमा अमेरिकी राष्ट्रपति बराक ओबामा, चीनका राष्ट्रपति शि जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमीर पुटिन लगायतका विश्व नेता सहभागि हुदैछन् ।
यसैबिच सम्मेलन सुरुहुनु अघि जलबायु परिबर्तन रोक्नका लागि ठोस प्रस्ताब ल्याउन दबाब दिदै बिभिन्न राष्ट्रहरुमा प्रर्दशन सुरु भएको छ । अष्ट्रेलिया, फ्रान्स, जर्मनी, लगायतका राष्ट्रमा प्रर्दशन भएका हुन् । सम्मेलनस्थल फ्रान्सको राजधानी पेरिसमा हिंसात्मक प्रदर्शन भएपछि हिंसा भड्काएको आरोपमा १ सय भन्दा बढि प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । यसैबिच केहि साता अघि भएको आतंककारी आक्रमण पछि सम्मेलन आयोजना स्थल पेरिसको सुरक्षा ब्यबस्था कडा पारिएको छ । सम्मेलनका क्रममा बिश्बका नेताहरु सहभागि हुने भएपछि त्यहाँको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको अधिकारीहरुले जनाएका छन् ।