काठमाडौँ केन्द्रको परकम्प
काठमाडौँ, १४ मङ्सिर । आज बिहान ६ बजेर १० मिनेट जाँदा ४.१ रिक्टर स्केल म्याग्नेच्यूटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज परिसरमा केन्द्रविन्दु बनाएर गएको परकम्प राजधानीवासीले महसुस गरेका थिए ।
गत वैशाख १२ गते गएको ‘गोरखा’ भूकम्पको परकम्प अझै गइरहेका छन् । यसअघि शुक्रबार पनि काभ्रेलाई केन्द्रविन्दु बनाई ४.१ रिक्टर स्केलको परकम्प गएको थियो । वैशाख १२ गतेपछि अहिलेसम्म चार रिक्टर स्केलभन्दा माथिका ४१४ वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ । रासस