Live Streaming

​एसएसवीका १३ जवान शसस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं,१३ मंसिर । हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सिमा सुरक्षा बल एसएसवीका १३ जवानलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान झापाको दक्षिणी केचना नाकाबाट नेपाल प्रवेश गरेका एसएसवीका १३ जवानलाई सिमा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीले नियन्त्रणमा  लिएको हो ।

इन्सास राइफलसहित फौजी पोशाकमै नेपाली भूमिमा छिरेका उनीहरुलाई नियन्त्रणमा लिइर सीमा सुरक्षा टोलीको केचनास्थित ब्यारेकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी ठाकुरप्रसाद ज्ञावलीले बताउनुभयो । पेट्रोलियम पदार्थ लिन भारत गएका नेपालीमाथी आक्रमण गर्दै नेपालतर्फ प्रवेश गरेपछि उनीहरु सशस्त्रको नियन्त्रणमा परेका हुन् ।

नेपालमै छिरेर आफूहरुमाथि आक्रमण गर्न थालेपछि केचनास्थित स्थानीयवासी सुरुमा प्रतिक्रारमा उत्रिएका थिए । स्थानीयको प्रतिक्रार लगत्तै पुगेको सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरी हतियारसहित ब्यारेकमा राखेको झापा स्थित सहकर्मी उमाकान्त खनालले जनाएका छन् । उनीहरुलाई आवश्यक प्रक्रिया पुर्याएर भारतिय सुरक्षाकर्मिको जिम्मा लगाइने झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताउनुभयो ।