Live Streaming

नायीका रेखा थापा बिरुद्ध ठगि को उजुरी

खोटाङ ,१० मंसिर । खोटाङ सदरमुकाम दिक्तेलमा गत कातिक २१ गते ‘नमस्ते खोटाङ २०७२’ कार्यक्रमको प्रमुख अतिथि आउन रकम लिएर ढाँटेपछि नायिका रेखा थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । थापाले ढाँटेको आरोप लगाउँदै आयोजक संस्थाले जिल्ला प्रहरी कार्यालय दिक्तेलमा नायिका थापालाई विपक्षी बनाएर उजुरी दिएको हो । नायिका थापाविरुद्ध आयोजक कमिटिले एक लाख रुपैयाँ लिएर झुक्याएको आरोप लगाउँदै उजुरी दिएको प्रहरीले जनाएको छ ।

सगरमाथा जनसेवा समाज अर्खौले खोटाङले आयोजना गरेको नमस्ते खोटाङ कार्यक्रममा आउने भनेर नायिका थापाले आयोजकसँग एक लाख रुपैया मागेकी थिइन् । सोहीअनुरुप आयोजकले सिद्धार्थ बैंकमा रहेको नायिका थापाको ०१७१५१०३७३२ नम्बरको खातामा रकम कातिक २० गते रकम जम्मा गरिदिएको थियो । कार्यक्रम सुरु हुने समयसम्म आउँछु भनेकी थापा एकाएक सम्पर्कबिहीन हुँदा आयोजकको एक लाख रुपैयाँ पनि गुम्यो ।

आयोजक संस्था र संस्थाका अध्यक्ष प्रकाश पुरी उक्त रकम उठाउनतर्फ लागेका छन् । थापाबाट रकम उठाउन थापाविरुद्ध ठगीको उजुरी मंगलबार प्रहरीमा परेको संस्थाका अध्यक्ष पुरीले बताए । ‘आउँदिन भनेको भए हुन्थ्यो, रेखा आउने पक्का भएपछि उनकै आवाजमा विभिन्न मिडियामा विज्ञापन पनि गरियो’, उनले भने, ‘तर उनले अन्तिममा फोनै उठाइनन्, त्यहीकारण उजुरी दिन बाध्य भएँ । प्रकाशले भने रेखा आउने पक्का भएप

छि उनको खातामा पैसा हालिदिएको बताउँदे रेखाले ढाँट्दा जिल्लामा आफ्नो वेइज्जत भएको गुनासो गरे ।

उनले रेखाले बोलेको भिजुअल प्रोमो, बैंकमा जम्मा गरेको एक लाखको भौचर लगायतका प्रमाण प्रहरीमा पेश गरेका छन् । प्रहरीले भने उजुरी दर्ता गर्न मानेको छैन । रेखालाई सम्पर्क गरेर आपसी समझदारीमा कुरा मिलाउन लागेको प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले वताए । ‘उजुरी आएको आधारमा सोधपुछ नगरी दर्ता गरिएको छैन’, उनले भने, ‘आवश्यक परेमा दर्ता गरेर कारबाही अघि बढाउँछौं ।