बंगलादेशमा २ नेतालाई मृत्युदण्ड
काठमाडौं,६ मंसिर । बंगलादेशमा युद्ध अपराधको अभियोगमा अदालतले दोषी ठह¥याएका विपक्षी दलका २ नेतालाई फाँसी दिइएको छ । ६ पटक सांसद् भइसकेका अलाहुद्दिन कदर चौधरी र बंगलादेशकै ठूलो मुस्लिम पार्टीका उच्च नेता अलि असन मोहम्मद मुजाहिदलाई राजधानी ढाकास्थित केन्द्रीय जेलमा फाँसी दिइएको हो ।
सन् १९७१ मा पाकिस्तानसंगको स्वतन्त्रता आन्दोलनका क्रममा धेरै मानिसको हत्या गरेको तथा बलात्कार गरेको आरोप उनिहरुलाई लगाइएको थियो । उनिहरुले भने त्यसको अस्विकार गरेका थिए । उनिहरुले क्षमादानका लागि गरेको अपिल राष्ट्रपति अब्दुल हामिदले अस्विकार गरेपछि मृत्यु दण्ड दिइएको बंगलादेशका गृहमन्त्रीले बताएका छन् । एजेन्सी