Live Streaming

​ अब्बाउद मारिएको पुष्टि

काठमाडौं,४ मंसिर । फ्रान्सको पेरिसमा भएको आतंकवादी आक्रमणका मूख्य योजनाकार अब्देल हमीद अब्बाउद मारिएको पुष्टि भएको छ । बुधबार पेरिसमा भएको सुरक्षा कारवाहीमा अब्बाउद पनि मारिएको त्यहा अधिकारीलाई उद्दृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।  अब्बाउद चरमपन्थीसँगठन इस्लामिक स्टेट आइएसका सदस्य रहेको फ्रान्सेली सुरक्षा निकायले जनाएको छ ।

प्रहरी अधिकारीहरुका अनुसार अब्बाउदले सन २०१० मा डकैतीको आरोपमा जेल सजाय भोगेका थिए । उनि मोरक्को मूलका बेल्जियन नागरिक रहेको बिबिसीले जनाएको छ ।  गत साता पेरिसका विभिन्न स्थानमा भएका नृशंस आक्रमणमा १२९ जनाको मृत्यु भएको थियो भने ३ सय ५० जना घाइते भएका छन् । एजेन्सी