निगमले आजदेखि काठमाडौंमा मट्टीतेलको बिक्री गर्दै
काठमाडौं,४ मंसिर । नेपाल आयल निगमले आजदेखि काठमाडौंमा मट्टीतेलको बिक्री सुरु गर्दैछ । खाना पकाउने ग्यासको चरम अभाव भएका समयमा मौज्दात रहेको मट्टितेल निगमले बितरण गर्न लागेको हो । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको निर्देशनमा आयल निगमले मट्टितेल बिक्री गर्न लागेको हो । जसअनुसार एकजना परिवारले ५ लिटर मट्टितेल पाउनेछन् ।
निगमका अनुसार आज ९६ हजार लिटर मट्टीतेल बिक्री गरिनेछ । ३२ वटा डिपोलाई मट्टितेल वितरणको जिम्मा दिइएको छ । निगमको थानकोट डिपोमा मात्रै २ लाख २१ हजार लिटर मट्टितेल मौज्दात छ भने बाराको अमलेखगञ्ज डिपोमा ५ लाख ९७ हजार लिटर मट्टितेल छ । मट्टीतेल बिक्री हुने स्थान र परिमाणबारे निगमले सार्वजनिक सूचना प्रकाशित गरेको छ ।