नेपाली टोली आज चीन जादै
काठमाडौं,४ मंसिर । चीनसँग पेट्रोलियम पदार्थ कारोबारको सम्झौता गर्न नेपाली टोली आज चीन जाने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा परराष्ट्र, कानुन र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको ७ सदस्यीय टोली आज चीन जान लागेको हो ।
इन्धन संकट भएको बेला अनुदानमा तेल दिएको चीन सरकारसंग नियमित रुपमा इन्धन आपूर्तिको ब्यापारीक सम्झौता गर्न नेपाली टोली चीन जान लागेको हो । आपूर्तिमन्त्री गणेशमान पुनले चीन भ्रमण गरेर सम्झौताको वातावरण बनाउनुभएको हो ।