Live Streaming

मोर्चा फेरी आन्दोलन सशक्त पार्ने तयारीमा जुट्दै

काठमाडौं,३ मंसिर । सरकारसँगको बार्ता सार्थक हुन नसकेपछि मधेसी मोर्चाले आन्दोलनका नयाँ कार्यक्रम सहित थप रणनीति सार्वजनिक गर्ने भएको छ । सिंहदरबारमा बिहान बस्ने मोर्चाको बैठकमा हिजो सत्तापक्षबाट राखेको प्रस्ताव, मधेसमा जारी आन्दोलनका विषय, आन्दोलनका कार्यक्रम लगायत विषयमा छलफल हुनेछ । तराईमा दुई प्रदेश, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, नागरिकतालगायतका विषयमा मोर्चाले अपनाउन सक्ने लचकताका विषयमा पनि छलफल हुने तमलोपा उपाध्यक्ष हृदयेस त्रिपाठीले जानकारी दिनुभयो ।

तिहार र छठ पर्वको लागि आन्दोलन केहि खुकुलो बनाएको मधेसी मोर्चाले बार्ता निष्कर्षविहिन भएको भन्दै फेरि आन्दोलन चर्काउने विषयमा पनि आजको मोर्चा बैठकमा छलफल हुने उहाले बताउनुभयो ।प्रमुख दलका शीर्ष नेता र मधेसी मोर्चासम्बद्ध दलका शीर्ष नेताहरूबीचको हिजोको वार्ता विना निष्कर्ष सकिएको थियो । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपे्रन्द्र यादवले प्रमुख तीन दलिय वार्ता टोली तयारी विनै वार्तामा आएकाले अब मोर्चा नयाँ रणनीतिमा जाने बताउनुभयो ।