नेपालगन्ज–रुपेडिया नाकामा बन्दकर्ताको धर्ना
सुरेन्द्र काफले
नेपालगन्ज,२ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले लामो समयपछि नेपालगन्ज–रुपेडिया नाकामा अवरोध गरेका छन्। मोर्चाको अवरोधका कारण इन्धन सहितका करिब ४० वटा गाडी सीमापारि रुपेडियामा रोकिएका इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक हरिबहादुर गुरुङले जानकारी दिए ।
करिब २ हप्ता भारतीयपक्षले इन्धन भित्रन नदिएको नेपालगन्ज नाका भाइटीकाबाट सुचारु भएको थियो । मोटरसाइकल, रिक्सा र साइकल लगायत सवारी सधान भने आवातजावत भइरहेको प्रहरीले जनाएको छ ।
मोर्चाका कार्याकर्ताले वेलुका ५ बजेसम्म अवरोध गर्ने जनाएका छन् । कहिलेकाहीँ हामीलाई धर्ना गर्न दिनुहोस् भन्ने आग्रह गरेपछि प्रहरीले कुनै हस्तक्षेप नगरेको बताइएको छ ।