उदाउँंदै गरेको सूर्यलाई अर्घ दिइ छठ समापन
काठमाडौं,२ मंसिर । मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठ आजबाट सकिएको छ । चार दिनसम्म मनाइने यस पर्व अन्र्तगत चोथौं तथा अन्तिम दिन आज उदाउँदै गरेको सूर्य र खष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिएको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ ।
छठको अवसरमा जनकपुरका गंगा सागर, धनुष सागरसहितका दर्जनौ पोखरी र वीरगञ्जको घडीअर्वा पोखरीमा पूजा गर्न भक्तजनको विशेष भीड लागेको थियो । त्यस्तै काठमाडौंमा रानीपोखरी, कमलपोखरी, वाग्मती किनारलगायतका स्थानमा छठको चहल पहल देखिएको छ ।