Live Streaming

​दाउराको माग बढ्यो

काठमाडौं,१ मंसिर । दाउराको माग अत्यधिक बढेपछि सरकारले राजधानीका विभिन्न पाँच स्थानबाट दाउरा बिक्री गर्ने भएको छ । टिम्बर कर्पोरेसनले सीतापाइला, महाराजगन्ज, बालाजु, भक्तपुर र ललितपुरमा नयाँ डिपो स्थापना गरी बुधबारदेखि दाउरा बिक्री गर्ने  जनाएको छ ।

वन तथा भूसंरक्षण मन्त्रालयले टिम्बर कर्पोरेसनमार्फत आइतबारदेखि बालकुमारी र गौशाला डिपोबाट मात्रै दाउरा बिक्री गर्दै आएको थियो । दुई स्थानबाट मात्रै दाउरा बिक्री गर्दा भिडभाड र अपुग भएको भन्दै उपत्यकावासीले गुनासो गरेपछि वन तथा भूसंरक्षण मन्त्रालयले टिम्बरको डिपो बढाउने तयारी गरेको हो ।

यसैबीच काठमाडौंमा दुई दिनमै ७५ हजार किलो भन्दा बढी दाउरा विक्री भएको छ ।  इन्धनको अभाव भएपछि सरकारले टिम्बर कर्पोरशेन अफ नेपाल (टिसिएन) मार्फत दाउरा बेच्न थालेको थियो ।