सैन्य सरकारले सत्ता हस्तान्तरण गर्ने
काठमाडौं,३०कार्तिक । म्यानमारको सत्तारुढ सेना समर्थीत दलले वर्तमान निर्वाचन परिणामलाई स्विकार्दै सत्ता हस्तान्तरण गर्ने बताएको छ । अन्य नेताहरुसंँगको भेटका क्रममा बर्तमान राष्ट्रपति थिन सेनले निर्वाचनको परिणामलाई सहज रुपमा स्विकार्दै नेशनल लिग फर डेमोक्रेटिकलाई सत्ता हस्तान्तरण गर्न आफू हतारोमा रहेको उल्लेख गरेका हुन् । निर्वाचनमा प्रजातन्त्रवादी नेतृ आन सान सुकीको दल ८० प्रतिशत मत सहित बिजयी भएको थियो ।
यो संगै ५० वर्षदेखिको सैन्य सरकारको सट्टा म्यानमारमा प्रजातन्त्रीक सरकार सञ्चालन हुने भएको हो । सेनाले पनि निर्वाचनको परिणाम स्विकार्ने बताइसकेकाले एनडिएल भित्र सरकार सञ्चालनको आन्तरिक गृहकार्य पनि सुरु गरिएको छ । नेतृ सूचीले आउँदो साता राष्ट्रपति र सैनिक नेतृत्वसँग भेट गरी सत्ता सञ्चालनको जिम्मेवारीका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ । एजेन्सी