Live Streaming

उद्योगमा आगलागी

रुपन्देही,,२९ कार्तिक । बुटवलमा रहेको लुम्बिनी सिरक डसना उद्योगमा आगलागी भएको छ। बुटवल-८ श्रवणपथस्थित उद्योगमा विद्युत् प्रवाह भई शनिवार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

 रुपन्देहीका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार उद्योगमा विद्युत् प्रवाह भई लागेको आगो राति १० बजेतिरमात्रै नियन्त्रणमा आएको थियो। 

आगलागीबाट उद्योग सञ्चालनमा रहेको टिनले छाएको घर तथा तयारी अवस्थामा रहेका सिरक डसना जलेर नष्ट भएको उद्योगका सञ्चालक विष्णुप्रसाद पोखरेलले बताए। आगलागीबाट रु १५ लाखको क्षति भएको उनले जानकारी दिए। 

साथै उद्योगसँगै रहेको चर्चमा पनि सामान्य क्षति पुगेको छ। बुटवल र भैरहवाका दमकलसहित नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्रण गरेको थियो। रासस