आईएसका प्रमुख व्यक्ती मारिए
काठमाडौं,२९ कार्तिक । सेनाको कारबाहीमा परी आईएसका प्रमुख व्यक्ति मारिएको अमेरिकी रक्षा मन्त्रालयले दावी गरेको छ । लिबियामा अमेरिकी सेनाको हवाई आक्रमणमा परि आईएसका लिबिया प्रमुख जयाद अल जुबेदि मारिएको अमेरिकाले दाबि गरेको छ ।
ईरान निबासि जुबेदी केहि समय ईस्लामिक स्टेट आईएसको प्रबक्ता समेत रहेका थिए । अमेरिकाले उनी मारिएको दाबि गर्दै आएपनि आईएसले भने सो बारे कुनै प्रतिक्रिया नजनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको मृत्युले लिबियामा ईस्लामिक स्टेट माथि ठुलो संकट देखा पर्ने अमेरिकाले जनाएको छ ।