Live Streaming

उपत्यकामा सरकारले आजदेखि दाउरा बिक्रीवितरण गर्ने

काठमाडौं,२९ कार्तिक । भारतले गरेको अघोषित नाकाबन्दीका कारण खाने पकाउने ग्यासको चरम अभावपछि राजधानी उपत्यकामा सरकारले आजदेखि दाउरा बिक्रीबितरण गर्दैछ ।  ग्यासको अभावमा चुलो बाल्न नपाएका उपत्यकावासीलाई केहि राहत दिलाउन काठमाडौंको पिङ्गलास्थान र ललितपुरको बालकुमारीस्थित डिपोबाट आजदेखि दाउरा बिक्री बितरण गरीन लागेको हो ।

आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म टिम्बर कर्पोरेसनको पिङ्गलास्थान र बालकुमारीस्थित डिपोबाट दाउरा बिक्री गर्न लागिएको वाणिज्य तथा आपुर्ति व्यवस्था विभागले जनाएको छ । उपभोक्ताले दाउरा प्रतिकिलो १५ रुपैयामा पाउनेछन् । बिक्रीका लागि बाराबाट लाख १० हजार किलो दाउरा राजधानी उपत्यका भित्र्याइएको वन तथा भुसंरक्षण मन्त्रालयले जनाएको छ । पहिलो चरणमा बाराबाट दुईसय ट्रक दाउरा ल्याइएको र दाउरा बिक्री गरिसकेपछि नवलपरासीबाट थप दाउरा ल्याई बिक्री गरिने जनाइएको छ ।