Live Streaming

​ग्यास र तेलसँंग राष्ट्रियता साटिदैन : उपप्रधानमन्त्री केसी

काठमाडौं,२४ कार्तिक । उपप्रधान तथा सहकारी एवं गरिवी निवारणमन्त्री चित्रबहादुर केसीले ग्यास र तेलसँग राष्ट्रियता साट्न नसकिने बताउनुभएको छ । नाकाबन्दीका कारण नेपालीले भोग्नुपरेको समस्याका बारेमा अवगत गराउन पुगेका नेपाल सहकारी पत्रकार समाजको टोलीसँग केसीले नाकाबन्दीका विषयलाइ अन्तराष्ट्रियकरण गरेर तत्काल समस्या समाधान गरिने बताउनुभयो ।

नेपाली जनतालाई पीडा भए पनि राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ता खतरामा पारेर कुनै सम्झौता नगर्ने उहाँले स्पष्ट पार्नुभयो । मुलुकलाई आत्मनिर्भर बनाउन कुनै कसर बाँकी नराखिने भन्दै उपप्रधानमन्त्री केसीले खुला उदारीकरणका कारण देशले समस्या भोगेकाले अर्थनीतिमा हेरफेर गर्न आवश्यक रहेको औँल्याउनुभयो । सहकारी पत्रकार समाजले कूटनीतिक पहल गरेर अहिलेको समस्या हल गर्न मन्त्री केसीलाई आग्रह गरेको थियो ।