सुरक्षाकर्मीले अन्धाधुन्द गोली चलाउँंदा ४ को मृत्यु
काठमाडौं,२४ कार्तिक । जोर्डनमा सुरक्षाकर्मीले अन्धाधुन्ध चलाएको गोली लागि २ अमेरिकी सहित ४ जनाको मृत्यु भएको छ । राजधानी अम्मानको प्रहरी ट्रेनिङ सेन्टरमा ती सुररुक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको जोर्डनी अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । सो क्रममा अन्य ५ जना घाईते भएका छन् ।
गोली चलाउने ब्यक्ति क्याप्टेन तहका सैनिक रहेको समाचारमा जनाईएको छ । यसैबिच अमेरिकी राष्ट्रपति बराक ओबामाले जोर्डनमा भएको सो आक्रमणको निन्दा गर्नुभएको छ । उहाँले यो घटनालाई गम्भीर घटनाको रुपमा आफुले लिएको समेत बताउनुभयो । मृत्यु हुने अन्य दुई जनाहरु मध्ये १ जना दक्षिण अफ्रिकी र एक जना जोर्डनकै नागरिक रहेको अधिकारीहरुले जनाएका छन् ।