सुकीकोे ऐतिहासिक जित
काठमाडौं,२४ कार्तिक । म्यानमारमा सम्पन्न संसदिय निर्वाचनमा प्रजातन्त्रबादि नेतृ आन सान सुकीको पार्टि नेशनल लिग फर डेमोक्रेसीले ऐतिहासिक जित हासिल गरेको छ । उसले ७० प्रतिशत मत प्राप्त गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सुकीको पार्टिले सन् २०११ देखि सेनाको सहयोगमा सत्ता सम्हालिरहेको युनियन सोलाडिरिटि एण्ड डेभलोपमेन्ट पार्टिलाई भारी अन्तरले पराजित गरेको हो । ३ करोड ५० लाख मतदाता रहेको म्यानमारमा संसदिय निर्बाचनका लागि ९१ दल चुनाबी प्रतिस्पर्धामा उत्रिएका थिए । चुनाबी नतिजासंगै डेमोक्रेसीलाई सत्ता सञ्चालनको बाटो खुलेको छ । यद्यपी बिद्यमान कानुनले सुकीलाई राष्ट्रपति बन्नबाट भने रोक लगाएको छ । एजेन्सी