Live Streaming

​लौह पुरुष गणेशमान सिंहको जयन्ती मनाइँंदै

काठमाडौं,२४ कार्तिक । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गणेशमान सिंहको १०१ औं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । जन्मशताब्दीको अवसरमा नेपाली कांग्रेसले आज विभिन्न कार्यक्रम आयोजना गरी गणेशमान सिंहको स्मरण गर्दैछ । आज बिहान काठमाडौको शोभा भगवतीमा रहेको सिंहकोे शालिकमा माल्यार्पण गरिएको छ ।

लौह पुरुषको उपमा दिइएका गणेशमान सिह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिनुहुन्छ । उहांले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक अर्का नेता विशेश्वर प्रसाद कोइरालासंग मिलेर नेपाली कांग्रेसको स्थापना गर्नुभएको थियो ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सिंहको भूमिकालाई अविस्मरणीय मानिन्छ । विपरित धारमा रहेका कम्युनिष्टहरुसाग कार्यगत एकता गर्दै सो जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनःस्थापना गर्न उहांले अतुलनिय भूमिका निर्वाह गर्नुभएको थियो ।