प्रधानमन्त्रीको संवोधन तिहार पछि
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका आज गर्ने भनिएको सम्बोधन तिहार पछि सम्मका लागि सरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्रीको सम्मेलन तिहार पछि हुने जानकारी दिनुभयो । मुलुकको वर्तमान समस्या र तीनको निकासका लागि सरकारले गरिरहेका कामकारवाही लगायतका बिषय समेटेर प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने तयारी गर्नु भएको थियो ।
यसैबीच, नेपालका लागि भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री ओलीसंग भेटगरी समसामयिक बिषयमा कुराकानी गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै एकघण्टा भएको भेटवार्तामा भारतीय नाकाबन्दी, तराइ मधेशको आन्दोलन लगायतको बिषयमा कुरा भएको बुझिएको छ । मन्त्रीपरिषद बैठक मार्फत सरकाररले सिमा क्षेत्रमा पारबहन सहज गर्न तथा आपूर्ति व्यबस्था नियमित गर्न भारतसंग औपचारिक आग्रह गरेको भोलीपल्टै भारतीय राजदूत रे ले प्रधानमन्त्री ओलीसंग भेटवार्ता गर्नु भएको हो ।