Live Streaming

​ इन्धन अभावले चरम रुप लियो

काठमाडौं,२३ कार्तिक । भारतले गरेको अघोषित नाकाबन्दीपछि नेपालमा इन्धन अभावले चरम रुप लिएको छ । तत्कालको संकट समाधानका लागि करीब १ हप्ता बाढिडएको आधारण सिलिण्डर पनि आज देखि बन्द भएको छ । नेपालमा ग्यास भण्डारण गर्ने व्यवस्था नभएका कारण  ग्यास बुलेट आउन छोडेकाले संकट उत्पन्न भएको छ ।

नेपाल आयल निगम संगको संचिती इन्धन पनि सकिन थालेपछि डिजेल र पेट्रोल पनि आगामी शुक्रबारदेखि नपाइने भएको छ । निगमले आजैबाट हवाई ईन्धन वितरणमा ५० प्रतिशत कटौति गरिसकेको छ । जसले अधिकांश आन्तरिक उडान समेत कटौति भईसकेको छ ।  गत सोमबार बिरगञ्जको झडपमा परी एक भारतीयको मृत्यु भएपछि भारतीय पक्षले नाकाहरुमा अत्यन्तै कडाई गरेपछि इन्धन भित्रिनि सकेको छैन ।