Live Streaming

​दुई बामपन्थी दलको एकता

काठमाडौं,२२ कार्तिक । संसद बाहिर रहेका दुइवटा कम्युनिष्ट पार्टीबीच आज एकीकरण भएको छ । मोहन बैद्यले नेतृत्व गरेको नेकपा ड्यास माओवादी र नेकपा एकीकृतबीच पार्टी एकता भएको हो । राजधानीमा आयोजित एक कार्यक्रमबीच पार्टी एकीकरणको घोषणा गरिएको हो । एकता पछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी रहने भएको छ । नेकपा माओवादीले नेत्रविक्रम चन्द विप्लव पार्टीवाट अलग भएपछि रिक्त रहेका १९ जना केन्द्रीय सदस्यमा एकीकृतका नेतालाइ मनोनयन गर्ने तयारी गरेको छ ।

धु्रबीकृत रहेको कम्युनिष्ट आन्दोलनलाइ केन्द्रीकृत गर्न पार्टी एकीकरण गरिएको माओवादी नेताहरुले जनाएका छन् । संसद बाहिर रहेको विपक्षी गठबन्धनमा सहभागि दुद्यदलको एकीकरणपछि उनीहरुले एकीकृत माओवादीसंग एकता गर्ने उनिहरुले बताएका छन् ।