Live Streaming

​मधेशी दलबाट संसद अवरुद्ध

काठमाडौं,२२ कार्तिक । संविधान पुर्नलेखनको मागगर्दै आन्दोलनरत मधेशी दलले संसद बैठक अबरुद्ध गरेका छन् । लामो समयपछि संसदको बैठकमा सहभागि भएका मधेशमा आन्दोलनरत मधेश केन्द्रीत ८ दलले संसदको बैठक अबरुद्ध गरेका हुन् । यसअघि संसद बहिस्कार गर्दै आएका मधेश केन्द्रीत दलहरुले संसदको बैठक अबरुद्ध गरेका हुन ।

संसदको बिशेष समयमा संघीय समाजवादी फोरम संसदीय दलका नेता अशोक राइले संवोधन गरेपछि मधेशी दलका सभासद्हरु वेलमा आएर नारावाजी गरेका थिए । त्यसअघि नेता राइले वार्ता सकारात्मक मोडमा पुगेको समयमा सरकारले दमन गरेर वार्ताको वातावरण विथोल्ने काम गरेको आरोप लगाउनु भयो । वार्ता मार्फत समस्याको समाधान गर्न आफूहरु तयार भएपनि सरकार र प्रमुख दल जिम्मेवार नभएको आरोप लगाउनुभयो ।

सांसद राइले हतारमा संविधान जारी गर्नका लागि रातारात नियम निलम्बन गरेका दलहरु वार्ताका लागि जिम्मेवार नभएको आरोप लगाउनुभयो । मधेशमा जारी आन्दोलनका कारण भएको आपुर्ती समस्याप्रति आफूहरु चिन्तित रहेको दावी गर्नुभयो ।