Live Streaming

बिहारमा मोदीको पराजय

काठमाडौं,२२ कार्तिक । भारतको बिहारमा सम्पन्न निर्वाचनको मतगणनामा नितिश कुमार र लालु यादबको गठबन्धनले बहुमत प्राप्त गर्ने निश्चित भएको छ । कुल २ सय ४३ सिटको लागि भएको निर्वाचनमा नितिश लालुको गठबन्धन अधिकांश स्थानमा जित नजिक पुगेको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

केहि मतगणना बाँकी नै रहँंदा मोदीको गठबन्धन अल्पमतमा परेको हो ।  बिहारमा बहुमतीय सत्ता चलाउन १ सय २२ सिट जित्न आवश्यक रहेको छ । मतगणनाको ताजा स्थितीमा लालु नितिशको गठबन्धनले १ सय ५३ स्थानमा अग्रता लिएको छ । त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदिको सत्तारुढ गठबन्धनले ८० र अन्य दलहरुले १० स्थानमा अग्रता बनाएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिद्युतिय मतदान भएकाले सम्पुर्ण मत परिणाम आजै आईसक्ने बताइएको छ ।