Live Streaming

​इन्धन अभावले आन्तरिक उडान प्रभावित

काठमाडौं,२२ कार्तिक। इन्धन अभावले आज आन्तरिक वायुसेवाका अधिकांश उडान प्रभावित भएका छन् । नेपाल आयल निगमले इन्धन उपलब्ध गराउन नसकेका कारण आन्तरिक वायुसेवा प्रदायक निजि कम्पनीहरुले अधिकांश उडान बन्द गर्न लागेका हुन् । यति एअरलाइन्सले आजका सबै उडान रद्द गरेको जनाएको छ भने बुद्ध एरअले बिराटनगर, धनगढीमा मात्रै उडान गर्ने भएको छ । अन्य बायुसेवाले पनि ठूलो संख्यामा उडान कटौती गरेका छन् ।

संचिति सकिन लागेको र चार्टर्ड उडानबाट इन्धन नियमित ल्याउन नसकिएको भन्दै निगमले आजका लागि इन्धन उपलब्ध नगराउने भएको हो । कोलकाताबाट चार्टर उडान गरी इन्धन ल्याउँदै आएको निगमले पछिल्लो समय नियमित रुपमा इन्धन ल्याउन सकेको छैन । निगमले हिजो दुईवटा मात्रै उडान गरेर ४४ हजार लिटर हवाई इन्धन ल्याएको छ । आन्तरिक वायुसेवालाई दैनिक ६० हजार लिटर इन्धन लाग्छ । आयल निगमले आजका लागि ५० प्रतिशत इन्धन कटौती गर्ने जानकारी दिएको छ