आन्दोलनका नाममा व्यपारीसँंग रकम असुल्ने एक जना पक्राउ
काठमाडौं,२० कार्तिक । आन्दोलनकारीको नाममा व्यपारीहरुको सामान जबरजस्ति नियन्त्रणमा लिएर रकम असुली गर्ने समुहका एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बाराको कलैया २ अवधापुरका २९ वर्षिय गणेश पटेललाइ शुक्रबार बिहान पक्रेको हो ।पटेल, मातृका यादव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता हुन् ।
संघीय मधेशी मोर्चाको नाममा व्यपारीसंग रकम असुली गरेको आरोपमा प्रहरीले पटेललाइ आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराबाट सादा पोशाकमा खटिएको प्रहरीको कलैयाको अवधापुरबाट पटेललाइ व्यपारीसंग पैसा असुल गर्न आएका बेला पक्रेको हो ।
पटेलको साथबाट बा १३ प १३०३ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको बाराका प्रहरी उपरिक्षक लोकेन्द्र बहादुर मल्ले बताए । संघीय मधेशी मोर्चाको नाममा पटेलले कलैयाका फेन्सी व्यपारी पुरुषोत्तम केशरीको सामान सहितको माटरसाइकल नियन्त्रणमा लिएर ५० हजार रुपैया माग गरेकाले उनलाइ पक्राउ गरिएको प्रहरी उपरिक्षक मल्लले बताए ।