परराष्ट्रमन्त्री थापा स्वदेश फकिए
काठमाडौं,२० कार्तिक । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले नेपालमाथी लगाएको नाकाबन्दी खोल्न भारतमाथी अन्तराष्टिय दवाव परेको बताउनु भएको छ । जेनेभामा सम्पन्न संयुक्त राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी सभामा भाग लिएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्टिय विमानस्थलमा पत्रकारहरुसंग कुरागर्दै मन्त्री थापाले नाकाबन्दी खोल्न अन्तराष्टिय दवाव परेको बताउनु भएको हो ।
राष्टसंघीय मञ्चमा नेपालले आफ्नो कुरा प्रष्ट राखेकोले यसको सुनुवाइ हुने मन्त्री थापाको विश्वास थियो । जेनेभामा भएको राष्ट्रसंघीय मानव अधिकार परिषद बैठकमा मन्त्री थापाले नेपालमाथी भारतीय नकाबन्दीले पारेको असरको बिषयमा नेपार सरकारको धारणा राख्नु भएको थियो ।
संविधानप्रति असन्तुष्टि जनाउदै आन्दोलन गरिरहेका मधेशी जनताको माग संवोधनका लागि सरकारले वार्ता जारी राखेकोले वार्तावाटै निकाश आउनेमा अन्तराष्टिय समुदायलाइ विश्वास दिलाएको उहाँले बताउनु भयो । स्वदेश फर्किए लगत्तै उपप्रधानमन्त्री थापाले जेनेभा बैठकवारे प्रधानमन्त्री केपी ओली सहित सत्तारुढ दलका शीर्ष नेताहरुसंग परामर्श गर्नुहुने उहाँका सहयोगीहरुले बताएका छन् ।