जोगवनी नाकामा पुन: कडाई
काठमाडौं,२० कार्तिक । भारतले विराटनगरको जोगवनी नाकामा पुनः कडाई गर्न थालेको छ । विहारमा विधानसभाको निर्वाचन सम्पन्न भएपछि हिजो साँझ सिमा नाकाको सिल खुल्ला गरेपनि भारतीय पक्षले मालबाहक सवारीसाधन आवतजावतमा थप कडाई गर्न थालेको हो ।
सिल भएको नाका खुले लगत्तै हिजो साँझ २४ वटा मालबाहक सवारीसाधन भित्रिएपनि आज भने ९ वटा मात्र मालबाहक गाडि भित्रिएको प्रहरीले जनाएको छ । ति सवारीका साधनमा खाद्यान्न सँगै औद्योगीक कच्चा पदार्थ लोड गरीएको छ ।
सुरक्षाको कारण देखाउँदै भारतले मालबाहक गाडि सँगै ईन्धन बोकेका ट्याङ्कर पठाउन आनाकानी गरीरहेको सहकर्मि किशोर बुढाथोकिले जनाएका छन् । नेपालमा ईन्धनको चरम अभाव भईरहेको अवस्थामा भारतिय पक्षले सिमानाकामा गरेको थप कडाईका कारण ईन्धन आयातको संभावना न्युन रहेको छ ।