Live Streaming

परराष्ट्रमन्त्री थापा स्वदेश फर्किदै

काठमाडौं,२० कार्तिक । संयुक्त राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी सभामा सहभागि भएर उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा आज स्वदेश फर्किदै हुनुहुन्छ । जेनेभामा भएको राष्ट्रसंघीय मानव अधिकार परिषद बैठकमा मन्त्री थापाले नेपालमाथी भारतीय नकाबन्दीले पारेको असरको बिषयमा नेपार सरकारको धारणा राख्नु भएको थियो ।

परराष्ट्रमन्त्री थापा दिउसो ३ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । स्वदेश फर्किए लगत्तै उपप्रधानमन्त्री थापाले जेनेभा बैठकवारे प्रधानमन्त्री केपी ओली सहित सत्तारुढ दलका शीर्ष नेताहरुसंग परामर्श गर्नुहुने उहाँका सहयोगीहरुले बताएका छन् ।