विदेशीको सुझावमा प्रदेशको सिमाङन हेरफेर हुँंदैन : प्रधानमन्त्री ओली
काठमाडौं,२० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हित विपरित हुनेगरी विदेशीको सल्लाह सुझावमा प्रदेशको सिमाङकन हेरफेर नहुने बताउनु भएको छ । नेपालको संविधानप्रति औला ठडाएका राष्ट्रको भन्दा नेपालको संविधान धेरै राम्रो रहेकोले यसबारे बहस गर्न तयार रहेको उहाँको भनाइ थियो ।
नेपाल पत्रकार महासंघका पदाधिकारीसंगको भेटमा प्रधानमन्त्री ओलीले राष्टिय हित विपरित कसैसंग सम्झौता नगर्ने बताउनु भएको हो । उहाँले भारतको नामै उच्चारण नगरी संकट व्यहोरी रहेको मुलुकमाथी मानवीय संकट उत्पन्न हुनेगरी छिमेकी राष्ट्रले देखाएको व्यबहारले मित्रताको नयाँ परिभाषा दिएको बताउनु भयो । प्रधानमन्त्री ओलीले एक बर्षभीत्र लोडसेडिङ अन्त्य गर्नेगरी सरकारले असामान्य ढंगले काम गर्ने बताउनु भयो ।
काठमाडौमा बिद्युतीय ट्रली बस संचालन गर्ने, व्याट्रीबाट चल्ने ट्याक्सी चलाउने र खाना पकाउने ग्यासको विकल्पमा बिद्युतीय चुलो प्रचलनमा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता थियो । नाकाबन्दीका कारण उपयुक्त विकल्प नेपालका लागि बाध्यकारी भएकोले आफूले गफमात्र नभए प्रतिबद्धतालाइ व्यबहारमा उतार्ने दावी गर्नुभयो ।
संकटको समयमा नेपालीहरुको राष्ट्रभक्ति अविस्मरणीय रहेको उल्लेखगर्दै देशलाइ संकट परेको समयमा राष्टिय शक्तिहरु मिल्नुको विकल्प नभएको बताउनुभयो । प्रधानमन्त्री ओलीले संकटको समयमा राष्टिय हितको पक्षमा लेख्न र राष्टिय हित विरोधी भावनालाइ पश्रय नदिन पत्रकारहरुसंग आग्रह गर्नुभयो ।