Live Streaming

​पश्चिम नाकामा भारतीय पक्षको कडाई

काठमाडौं,२० कार्तिक । नेपाल–भारतकोे पश्चिमका सीमानाकामा भारतीय पक्षबाट थप कडाइ गरिएको छ । खासै अवरोध नभएका नेपालगन्जको रुपैडिया र कैलालीको त्रिनगर नाकामा पछिल्लो पटक कडाई गरिएको हो । भारतीय भन्सार कार्यालयले माथिको आदेश भन्दै इन्धन र मालबाहक गाडीलाई भन्सार अनुमतिमा कडाई गरेको नेपालगञ्ज सहकर्मी सुरेन्द्र काफ्लेले जनाएका छन् । नेपाल प्रवेशको पर्खाइमा अझै १५० बढी नेपाली मालबाहक गाडी सीमापारि रोकिएका छन् ।