सुशील कोइराला अमेरिका जांदै
काठमाडौं,२० कार्तिक । नेपाली कंग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइराला नियमित स्वास्थ्य परिक्षण र उपचारका लागि आज अमेरिका जांदै हुनुहुन्छ । गत वर्ष साउनमा अमेरिकाको न्यूयोर्कमा फोक्सोको क्यान्सरको रेडियोथेरापी उपचार गराएका कोइराला फलोअप उपचारका लागि जान लाग्नुभएको हो ।
नियमित फलोअप उपचारमा यसअघि नै जानुपर्ने भएपनि गत वैशाखमा गएको भूकम्प र पछिल्लो समय संविधान निर्माणको दायित्वका कारण उहा“ जान पाउनुभएको थिएन । आज अपरान्ह ४ बजेपछि अमेरिकातर्फ जाने कोइरालाले ३ साता लामो बसाईका क्रममा राष्ट्रसंघ महासचिव बान की मुनका साथै अमरिकी सरकारका प्रतिनिधिहरुसंग भेटवार्ता गर्ने बताइएको छ ।
यसैबिच, संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को २३ औं आवधिक बैठकमा भाग लिन स्विट्जरल्याण्डको जेनेभा गएका उपप्रधानमन्त्री कमल थापा आज स्वदेश फर्कदै हुनुहुन्छ ।