सिमाको अवरोधप्रति अमेरिकाको चिन्ता
काठमाडौं,१९ कार्तिक। अमेरिकाले नेपाल र भारतबीचकोे सिमा क्षेत्रमा बढ्दो अस्थिर अवस्थाप्रति चिन्ता ब्यक्त गरेको छ । काठमाण्डौस्थित अमेरिकी दुतावासले आज विज्ञप्ति जारी गरी अस्थिरताका कारण मानवीय संकट उत्पन्न हुन सक्ने भन्दै चिन्ता जाहेर गरेको हो । विज्ञप्तिमा भनिएको छ– नेपाल भारत सिमामा बढ्दो अस्थिर अवस्थाप्रति संयुक्त राज्य अमेरिका गम्भिर चिन्तित छ । यसले गत बैशाखको विनासकारी भूकम्पबाट प्रभावित क्षेत्रमा इन्धन औषधि र खाद्यान्नको ठूलो अभाव सिर्जना भएको छ ।
हिउद आउन केही सातामात्र बांकी रहंदा, अन्तर्राष्ट्रिय दातृ समुदायले जोखिमपूर्ण अवस्थामा रहेका पीडित समुदायसम्म अत्यावश्यक राहत तथा बन्दोवस्तीका सामग्री लैजान नसकिरहेको उल्लेख गर्दै अमेरिकी दुतावासले विज्ञप्त्मिा भनेको छ, कयौंको जीवन जोखिममा छ, हामी चिन्तित छौं कि यसबाट मानवीय संकट उत्पन्न हुन सक्छ । अमेरिकाले अहिलेको संकट समाधानका लागि दोब्बर प्रयास गर्न सम्वद्ध पक्ष्ँहरुलाई आग्रह गरेको छ ।
संविधानले सबै नेपालीको आकांक्षा समेट्ने सुनिश्चित गर्न अर्थपूर्ण राजनीतिक संवादको सकारात्मक वातावरण निर्माणका लागि सबैले योगदान गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । लोकतान्त्रिक पद्धतिमा अघि बढीरहेका नेपाली जनता र सरकारलाई सहयोग गर्न अमेरिका ू तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।