Live Streaming

​राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. युवराज खतिवडा नियुक्त

काठमाडौं,१८ कार्तिक । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. युवराज खतिवडा नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले खतिवडालाई  नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री रहेका वेला समेत योजना आयोगको उपाध्यक्ष हुनुभएका खतिवडा  आयोगको उपाध्यक्ष छाडेर गभर्नर हुनुभएको थियो ।

सरकारले रिक्त सदस्य पदहरुकमा भने नियुक्ती गरेको छैन । सरकार परिवर्तनसँगै यसअघिका उपाध्यक्ष डा. गोविन्द पोखरेललगायत सदस्यले राजिनामा गरेपछि आयोग खाली थियो ।  आजको वैठकले मधेस आन्दोलनका क्रममा हत्या गरिएका तीन जनाको प्रहरी परिवारलाई १० लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ ।

आन्दोलनका क्रममा हत्या गरिएका देववहादुर पाण्डे, कासीराम कामी र थुमन विकका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय भएको हो ।    सरकारले रसुवा वस दुर्घटनामा मृत्यु भएका परिवारप्रति दुःख व्यक्त गरेको छ ।