चिलिमेको बस ग्राङमा दुर्घटना हुँंदा ३० जनाको मृत्यु को मृत्यु ( अपडेट)
काठमाडौं,१७ कार्तिक । काठमाडौबाट नुवकोटको विदुर हुँदै रसुवाको चिलिमेतर्फ जाँदै गरेको यात्रु बस आज दिउँसो रसुवाको राम्चे गाविसको ग्राङमा दुर्घटना हुँदा ३० जनाको मृत्यु यात्रुको मृत्यु भएको छ । ७० यात्रु बोकेर काठमाडौंबाट नुवाकोटको विदुर हुँदै रसुवाको चिलिमेतर्फ गइरहेको ना३ख ५७०६ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खस्दा कम्तिमा १२ यात्रुको मृत्यु भएको छ भने ४०जना बढी घाइते भएका छन् ।
पहिरोग्रस्त र कच्ची सडकबाट २ सय मिटर तल झरेर दुर्घटनाग्रस्त भएको बसबाट मृत्यु भएका र घाइतेहरुको उद्धार भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । बसको भित्र र बाहिर गरेर कम्तिमा पनि ७० जना यात्रु सवार रहेका बताइएको छ । दुर्घटना भएको क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेका छन् । घाइतेहरुलाई एम्बुलेन्स र अन्य सवारीसाधनले उपचारका लागि नुवाकोट सदरमुकामतर्फ ल्याइरहेका सहकर्मी देबचन्द्र भट्टले जनाएका छन् ।