छिंगहाइ प्रान्तको युशुमा नेपाल चीन हस्तकला प्रदर्शन
काठमाडौं,१७ कार्तिक । नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको साठीऔं वार्षिकोत्सवको उपलक्ष्यमा चीनको छिंगहाइ प्रान्तमा पर्ने युशु प्रिफेक्चरमा नेपाल चीन हस्तकला तथा व्यापार प्रवर्द्दन सुरू भएको छ । नोभेम्बर एक तारिखका दिन युशुका उपसचिव छाइ राङ थाङले उद्घाटन गर्नुभएको यो प्रदर्शनी हाललाइ दुइ वर्षसम्मका लागि युशु सरकारले युशु(नेपाल फ्रेण्डसीप ह्याण्डीक्राफ्ट ग्यालरी रहने गरी चार हजार वर्ग फिट क्षेत्रफल उपलब्ध गराएको छ।
चीनको जोङ्खा आर्ट एण्ड कल्चर लिमिटेड कम्पनी र नेपाल(चीन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिज ललितपुर च्याप्टरको पहलमा नेपाल आर्ट एण्ड क्राफ्ट कम्पनी लिमिटेडको सहकार्यमा यो प्रदर्शनी अयोजना भएको हो । दुवैतर्फ गरी व्यापारिक समूहमा पन्ध्र बीसजना प्रतिनिधिहरू रहेका नेपाल(चीन चेम्बर अफ कमर्स ललितपुरका महासचिव सरोज डङ्गोलले जानकारी दिनुभयो।
प्रदर्शनीमा हस्तकला, काष्ठकला, मूर्तिकला, थांका, पश्मिना, धार्मिक सामग्रीहरू, नेपाली कार्पेट, नेपाली खानेकुरा लगायतका सामग्रीहरू समावेश गरिएका छन् । चिनियाँ अवलोकनकर्ताहरूले नेपालका काष्ठकला र मूर्तिमा अभिरूची देखाएका सहभागि व्यापारीहरूले जनाएका छन्।